Section 30
रजिष्ट्रार तथा निजको काम, कर्तव्य र अधिकार
(१) यस ऐन बमोजिम रजिष्ट्रारको काम गर्न नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी कम्तीमा राजपत्राङ्कित द्वितीय श्रेणीको अधिकृतलाई रजिष्ट्रारको काम गर्ने गरी तोक्नेछ ।
(२) यस ऐनमा अन्यत्र लेखिएदेखि बाहेक रजिष्ट्रारको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :
(क) रोयल्टी सङ्कलन संस्थाको रेखदेख र नियन्त्रण गर्ने,
(ख) रोयल्टी सङ्कलन संस्थाले निर्धारण गरेको रोयल्टीमा कुनै पक्षको चित्त नबुझेमा तोकिए बमोजिम उजुरी सुन्ने,
(ग) यस ऐनको उद्देश्य पूर्तिको लागि तोकिए बमोजिमका अन्य कार्य गर्ने वा गराउने ।